महिला आन्दाेलनकी अथक याेद्धा अम्बिका हमाल वडा अध्यक्षकी अब्बल उम्मेदवार



२४ वैशाख, काभ्रेपलाञ्चाेक – महिला नेतृ एवं सामाजिक अभियान्ता अम्बिका हमाल ठकुरी आसन्न स्थानीय तहको निर्वाचनमा मण्डनदेउपुर नगरपालिका वडा नं ९ मा वडा अध्यक्षको उम्मेदबार बन्नुभएको छ । उहाँलाई मण्डनदेउपुरमा सबैले दिदीको रुपमा सम्बोधन गर्छन् । त्यसैले सबैको साझा दिदीको रुपमा अम्बिका हमालले उम्मेदबारी दर्ता गराउनु भएको छ ।
मण्डन भेगमा सानादेखि ठूला दुखमा साथी र सुखमा सारथी बन्ने उहाँको उम्मेदबारीसँगै महिलामा खुसीयाली छाएको छ । हामी हाम्रा समस्या बुझ्ने दिदीलाई मतदान गर्न आतुर छौ मतदाता भन्न थालेका छन् । मण्डनदेउपुरमा यसअघि जहाँ समस्या त्यहा अम्बिका जस्तै हुँदै आएकोमा वडाअध्यक्षको उम्मेदबारी दिएसँगै आम नागरिकमा उत्साह छाएको छ ।नछाओस पनि किन हरेकका दुखमा दुख बाड्ने अनि हरेकका सुखमा सुख बाड्ने एक साझा पात्रलाई वडाअध्यक्षको रुपमा देख्न धेरैले अम्बिकालाई हेरेका छन् ।
मण्डनदेउपुरमा सहकारी अभियान्ता, शिक्षक, सामाजिक अभियान्ता, लोक गायिका सबैको साझा मान्छे अम्बिका दिदीलाई बडाअध्यक्ष बनाउने प्रतिबद्धता धेरैको छ । आपतमा परेका किशोरी र महिलाका लागि सेभ हाउस संचालन गर्ने हमाल अविवाहित रहेपनि मण्डनदेउपुरकै अभिभावक र साझा उम्मेदबार हुनुहुन्छ ।
‘ मैले जानेन नजानेर समाजका लागि केही गरौ भन्ने कुरा अघि सारेको छु’ अम्बिका भन्नुहुन्छ, म कस्तो छु भनेर आफ्नो मूल्यांकन आफै गर्न वडा अध्यक्षको उम्मेदबार बनेको छु । नेकपा एमालेको नेतृ समेत रहनु भएको अम्बिका हमाल मण्डन भेगमै जन्मिएको असाधारण प्रतिभा हो ।
मैले निर्वाचनमा हार्नु र जित्नु भन्दा पनि समाजका लागि राजनिती मार्फत केही गरौ भनेर यो अभियानमा जोडिएको हुँ उहाँले भन्नुभयो । जिताउनुस गलत मान्छे छानेछु भनेर पश्चाताप गर्ने मौका दिने छैन ।

प्रतिक्रिया दिनुहोस्