निर्वाचन भयरहित बनाउन इजाजतपत्र प्राप्त हातहतियार बुझाउन प्रशासन को उर्दी



काभ्रे स्थानीयत तहको निर्वाचनलाई भरपर्दो, विश्वासनीय र भयरहित बनाउन जिल्लाभित्र रहेका इजाजतपत्र प्राप्त हातहतियारहरु २०७८ चैत्र मसान्तसम्ममा नजिकको प्रहरी इकाईमा बुझाउन हतियार धनीलाई जिल्ला प्र शासन ले अनुरोध गरेको छ। इजाजतपत्र प्राप्त हातहतियार नजिकैको प्रहरी इकाईमा बुझाउन जिल्ला प्रशासन कार्यालय काभ्रेले हतियार धनी लाई उर्दी जारि गर्दै अनुरोध गरेको छ । प्रशासनले आज एक सूचना जारी गर्दै चैत्र मसान्तभित्र इजाजतपत्र प्राप्त हातहतियार प्रहरीलाई बुझाउन अनुरोध गरेको हो ।

कार्यालयबाट प्रकाशित सूचनामा भनिएका छ, स्थानीय चुनाब अबधि भर जिल्लाभित्र रहेका इजाजतपत्र प्राप्त हातहतियारहरु २०७८ चैत्र मसान्तसम्ममा नजिकको प्रहरी इकाईमा बुझाउन हतियार धनीलाई अनुरोध गर्ने निर्णय भइ लेखी आए बमोजिम इजाजतपत्र प्राप्त हातहतियार स्थानीय निर्वाचनपश्चात फिर्ता हुनेगरी नजिकको प्रहरी इकाईमा बुझाउनुहुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्