स्थानीयद्वारा प्रहरी चौकीमा आगजनीको प्रयास



रौतहट — रौतहटको गुजरा नगरपालिका ४ स्थित सिम्रीक गाउं जाने भित्रि सडक खण्डको जंगल क्षेत्रमा शनिबार अपरान्ह भारतीय नंमबर बिआर ०५ पीए ५००० को स्किोरपियोको ठक्करबाट पैदल यात्री गुजरा ६ बस्ने ४० बर्षिया गिता चौधरीको घट्नास्थलमै मृत्यु भएको घटनामा स्थानीयले प्रहरी चौकीमा ढुङ्गामुडा र आगजनीको प्रयास गरेका छन् । भारतीय सवारीको ठक्करबाट महिलाको मृत्यु भएपछि आक्रोशित स्थानीयले आइतबार प्रहरी चौकी हरिनगरमा तोडफोड गरेका छन् । घटनापछि आक्रोशित स्थानीयले स्कोरपियोमा आगजनी गरेका थिए । घटनामा आधा दर्जन सुरक्षाकर्मी घाइते भएका छन् । स्थानीयको ढुंगामुडा र आगजनीबाट चौकी र सुरक्षाकर्मीको सवारीमा समेत क्षति पुगेको छ ।स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ ।त्यसपछि मृतक परिवारले लाश सडकमा राखेर दुई दिनदेखि प्रर्दशन गरेका थिए । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट डीएसपी लिलाराज लामिछानेसहितको टोलीले यमुनामाई गाउँपालिका ३ मलिनिया टोल बस्ने स्किोरपियो चालक नाजिर अंसारीलाई नियन्त्रण‍मा लिएकोभएता पनी घटनाको दिन सहमति हुन नसकेपछि आइतबार बिहानदेखि घटनास्थल वरपर ठूलो संख्यामा स्थानीय जम्मा भएका थिए । जम्मा भएको भिडले चारैतिरबाट घेरा हाली प्रहरी चौकीमा ढुंगामुडा तथा आगजनी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्