लागू औषध गाँजा सहित पनौतीका केसी पक्राऊ



काभ्रे, गाँजाको कारण दुर्ब्यसनी बढेको रिपोर्ट आईरहेको बेला काभ्रे प्रहरीले विक्रि बितरणको लागि लुकाई छिपाई राखेको लागू औषध गाँजाको पोकाहरु सहित पक्राउ गरेको छ । प्रहरीले पाएको गोप्य सुचनाको आधारमा प्रहरी चौकी खोपासीबाट खटिएको प्रहरी अधिकृत सहितको प्रहरी टोलीले खोजतलाई गर्दा बिक्रिको लागि घरमै लुकाएर राखेको गाँजा सहित राम कृष्ण के. सी. लाई पक्राउ गरेको हो । प्रकाउ पर्ने पनौती नगरपालिका वडा नं ११ थुम्कीका ४५ बर्षिय के. सीलाई लुकाई छिपाई राखेको ९ किलो ८०० ग्राम गाँजा सहित पक्राउ गरी आवश्यक कानुनि कारवाही अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्