प्रतिनिधि सभा को बैठक जम्मा पाँच मिनेट



काठमाडौँ — प्रतिनिधिसभाको आज बुधबार बसेको बैठक जम्मा पाँच मिनेटमै सकिएको छ । एमालेले पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने भन्दै गत भदौदेखि निरन्तर संसद अवरुद्व पार्दै आएको छ । सभामुख अग्नीप्रसाद सापकोटाले नेकपा एमालेले गरेको प्रतिनिधिसभा अवरोधका बीच सरकारलाई राष्ट्रिय सूचना आयोगको प्रतिवेदन प्रस्तुत गर्ने समय दिए लगत्तै बैठक स्थगित भएको थियो । सभामुख सापकोटाले फागुन २२ गते आइतबार दिउँसो १ बजे अर्को बैठक बस्ने गरी प्रतिनिधिसभा स्थगित गरेका हुन् । संविधानको धारा २९४ बमोजिम सरकारले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । बुधबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सूचना आयोगको प्रतिवेदन २०७७र०७८ प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्