२४ बूँदे काठमाडौं घोषणा जारी गर्दै नेपाल बार एशोसियसन १५ औं अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन सम्पन्न



काठमाडौं नेपाल बार एशोसियसन अखिल नेपाल कानून व्यवसायीहरुको १५ औं राष्ट्रिय सम्मेलन मङ्लबार २४ बूँदे काठमाडौं घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । स्वतन्त्र, सक्षम, निर्भिक, निष्पक्ष र भ्रष्टाचार मुक्त न्यायपालिका तथा मर्यादित बारको निर्माणका लागि नेपाल बार प्रतिबद्ध रहने लगायत विभिन्न २४ बूँदे काठमाडौं घोषणा जारी गर्दै अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन, २०७८ समापन गरेको हो । अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन काठमाडौंको प्रज्ञाभवन, कमलादीमा २०७८ फाल्गुन १५ गतेबाट सुरु भई आज १७ गते सम्पन्न भएको थियो । कानूनी शासन र संबैधानिक सर्बोच्चता, व्यवसायीक र मर्यादित बार हाम्रो प्रतिबद्वता भन्दै अखिल नेपाल कानून व्यवसायीको १५ औं राष्ट्रिय सम्मेलनले २४ बूँदे काठमाडौं घोषणा जारी गर्दै सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्