र्‍यापर लाहुरे धरौटी मा रिहा भए ।



फाल्गुन११,२०७८
काभ्रे — लागूऔषध मुद्दामा पक्राउ परेका चर्चित र्‍यापर लाहुरे भन्ने आशिष राना मंगलबार धरौटीमा छुटेका छन् । जिल्ला अदालत कास्कीले उनलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो । कास्की जिल्ला न्यायाधीश बाबुराम सुवेदीको इजलासले उनलाई धरौटीमा छाड्ने आदेश दिएको जिल्ला अदालतका सुचना अधिकारी निलप्रसाद पनेरुले जानकारी दिनुभएको छ।

आफूले नै प्रयोग गर्नका लागि लागूऔषध किन्ने क्रममा कास्की प्रहरीले पोखराको न्युरोडबाट गत पुस १४ मा लाहुरे सहित ४ जनालाई पक्राउ गरेको थियो । जिल्ला अदालतका सूचना अधिकारी पनेरुका अनुसार फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ अनुसार उनलाई धरौटीमा छाडिएको जानकारी प्राप्त भएको छ । लाहुरेसहित प्रहरीले चार जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका तीन जनालाई भने पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत कास्की ले आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्