एकैदिन थपिए पाँच हजार भन्दा बढी संक्रमित



संक्रमणदर २४ प्रतिशत माथि

३० पौष, काठमाडौं – मुलुकभरबाट एकैदिन ५ हजर ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गएको २४ घण्टमा गरिएको २० हजार ५ सय ६० जनाको पिसिआर तथा एन्टिजिन परीक्षण गर्दा परीक्षण गएिका नमुनाको २४.७५ प्रतिशत पोजेटिभ देखिएको हो ।

संक्रमित मध्ये सबैभन्दा धेरै २ हजार ६ सय ७ जना उपत्यकाबाट थपिएका छन् । जसमा काठमाडौंमा १ हजार ९ सय १३, भक्तपुरमा ३ सय १७ र ललितपुरमा ३ सय ७७ जना संक्रमित थपिएका छन् । यो तथ्याङ्कसँगै काठमाडौं, भक्तपुर र ललितपुरसहित मोरङ, कास्की र सुनसरी गरी छ जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ ।

प्रतिक्रिया दिनुहोस्