प्रेस चौतारी भक्तपुरको अध्यक्षमा ढकाल



२९ पौष, भक्तपुर – प्रेस चौतारी नेपाल भक्तपुर शाखाको चौंथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले हेमराज ढकाल (सुमन)को अध्यक्षतामा १३ सदस्यीय जिल्ला नेतृत्व सर्वसम्मत चयन गरेको छ ।

शाखाको उपाध्यक्षमा उपाध्यक्षमा ऋषिकेश श्रेष्ठ र मिना घोरासैनी, सचिबमा आशिष पौडेल, सहसचिबमा राजकुमार लामिछाने र विपना मुसिख्वाल एवं कोषाध्यक्षमा नारायण थापा चयन भएका छन् । यसैगरी सदस्यहरूमा सविना केसी, देवेन्द्र प्रजापति, सिर्जना खतिवडा, प्रतिकराज कार्की चयन भएका छन् भने दुई सदस्यपछि थप हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्