चौलागाईंको अध्यक्षतामा समाजवादी प्रेस संगठन काभ्रे गठन



२९ पौष, काभ्रेपलाञ्चोक – नेकपा समाजवदी निकट पत्रकारहरूको संगठनको काभ्रे जिल्ला कमिटि गठन भएको छ । आज बनेपामा सम्पन्न भेलाले सन्तोष चौलागाईंको अध्यक्षतामा १७ सदस्यीय कमिटि गठन गरेको हो ।

कमिटिको उपाध्यक्षमा ज्ञान तामाङ, सचिवमा अमित न्यौपाने, कोषाध्यक्षमा कमल कुईंकेल, सहसचिवमा विमेश सापकोटा रहेका छन् भने सदस्यहरूमा क्षितिज सयात्री, निश्यल दाहाल, सुस्मिता न्यौपाने, पुष्पा राई हायु, विनय घोरासाइने देव तामाङ, निलप्रसाद ढकाल, दिनेशराज खरेल, सरल विक, विनिसा विक, बुद्धिमान विक, विन्दा विक, भरोसा हुमागाईं, पुजा बजगाईं, दिपश श्रेष्ठ, बालकृष्ण नापित र उषा लामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्