प्रेस चौतारी काभ्रेमा सर्वसम्मत नेतृत्व चयन



२८ पौष, काभ्रेपलाञ्चोक – प्रेस चौतारी नेपाल काभ्रे शाखाको ७ औं जिल्ला अधिवेशन सम्पन्न भएके छ । अधिवेशनले भुवन रायमाझीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कमिटि सर्वसम्मत चयन गरेको छ । कमिटिको महिला उपाध्यक्षमा सरीता सापकोटा, रामसुन्दर आचार्य, सचिवमा जगतमान बल, सहसचिवमा अरविन्द्र गौतम, समावेशी सहसचिवमा चित्र तामाङ, कोषाध्यक्षमा काजल तामाङ चयन भएका छन् ।

यसैगरी कमिटिको सदस्यहरूमा विकास तिमल्सिना, प्रदीप भण्डारी, मणिराम दाहाल, अनिष पोखरेल, नवराज ढकाल, शुसिलराज गिरी, बालकृष्ण बजगाईं, कपिल कुमार दनुवार, शिशिर लामा र रञ्जित बोहरा चयन भएका छन् ।

नेकपा एमालेका पोलिटव्युरो सदस्य गोकुल बाँस्कोटाको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा अतिथिहरूमा प्रेस चौतारी नेपालका बरिष्ठ उपाध्यक्ष माधव नेपाल, उपाध्यक्ष गणेश पाण्डे, नेकपा एमाले बागमती प्रदेशका उपाध्यक्ष रामहरि सुवेदी, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव के.सी., उपप्रमुख मञ्जु गौतम, एमाले काभ्रेका अध्यक्ष अशोक व्याञ्जू, उपाध्यक्ष चन्द्र लामा, सचिव राजन र्भूेतेल, उपसचिवद्वय रीता ढकाल र पनौती नगर प्रमुख भीम न्यौपाने, बनेपा नगर प्रमुख लक्ष्मी नरसिंह बादे, उपप्रमुख रेखा सापकोटा दाहाल, धुलिखेल उपप्रमुख विमला शर्मा, एमाले जिल्ला कमिटि सदस्य एवं पनौती नगर उपप्रमुख गिता बञ्जरा, एमाले जिल्ला कमिटि सदस्य भोजराज तिमल्सिना, प्रेस चौतारी नेपालका उपहासचिव हिरामान लामा, केन्द्रीय सदस्यहरू नवराज बजगाईं, राजकुमार पराजुली, केशवराज पौडेल लगायत नेकपा एमाले बनेपा नगर अध्यक्ष रत्नकुस रञ्जित, धुलिखेलका अध्यक्ष दयाराम महत, पाँचखालका अध्यक्ष विष्णु पौडेल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्