माघ १५ गतेसम्म विद्यालय बन्द, सार्वजनिक स्थानहरुमा खोपकार्ड अनिवार्य



२५ पुस, काठमाडौं – आज बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बैठकले सार्वजनिक स्थलमा प्रवेशका लागि खोपकार्ड समेत अनिवार्य गरेको छ ।

सीसीएमसीले भोलिदेखि नै लागू हुने गरी शैक्षिक संस्थाबारे यस्तो निर्णय गरेको हो । बैठकले अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने गरी भीड रोक्न समेत गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

यसैगरी माघ ३ गतेदेखि लागु हुनेगरी सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले खोप कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ । यसैगरी सीमानाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्