बढ्यो संक्रमितको संख्या : २४ घन्टामा ११ सय ६७ जनामा संक्रमण पुष्टि



२५ पुस, काठमाडौं – पछिल्लो २४ घण्टामा ११ सय ६७ जनालाई कोरोना संक्रण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरमा १२ हजार ६३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ६ सय १५ जना उपत्यकाका छन् ।


काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना छन् । ११ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १२ हजार ६३२ नमुना परीक्षण गर्दा देखिएको संख्यामा ६१५ जना काठमाडौं उपत्यकाका छन्। काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना संक्रमित फेला परेका हुन्। यो तथ्याङ्कसँग संक्रमणदर ९.५ प्रतिशत देखिएको छ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ७५५ जना रहेका छन् । जसमध्ये ६ हजार १२७ जना होम आइसोलेसनमा रहेका छन् भने ६२८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७७ जना आईसीयू र १६ जना भेन्टिलेटरमा उपचाररत् छन् । नेपालमा कुल संक्रमितको संख्या ९ लाख ३० हजार ४ पुगेको छ भने मृत्‍यु हुनेको संख्या ११ हजार ६०४ पुगेको छ । हालसम्म ८ लाख १४ हजार २३० जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्