एमाले भक्तपुरको अध्यक्षमा देउजा र उपाध्यक्षमा थापा निर्विरोध निर्वाचित



२४ पौष, भक्तपुर – नेकपा एमाले भक्तपुरको आठौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट बचन देउजाको अध्यक्षमा सर्वसम्मत जिल्ला नेतृत्व चयन भएको छ ।

एमाले भक्तपुरको उपाध्यक्षमा सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा, सचिवमा मोहनबीर श्रेष्ठ, उपसचिवमा मिलन सुवाल र दामोदर दंगाल सहित १ सय ५ सदस्य भक्तपुर जिल्ला कमिटी सर्वसम्मत रुपमा निर्वाचित भएको छ ।

प्रतिक्रिया दिनुहोस्