आज एमाले काभ्रेले मोटरसाइकल र्याली गर्दै



२२ पौष, काभ्रेपलाञ्चोक – नेकपा एमाले काभ्रेले आज पौष २२ गते मोटरसाइकल र्याली गर्दै छ । नेकपा एमाले काभ्रेले बिहान १० बजे साँगामा जम्मा भएर मोटरसाइकल र्यालीमा सहभागि हुन कार्यकर्ताहरूलाई निर्देशन दिएको छ ।

भोली २३ गते उद्घाटन हुने दशौं जिल्ला अधिवेशनको प्रचारका लागि मोटरसाइकल र्याली गर्न लागेको नेकपा एमाले काभ्रेका नेता राकेश लामाले जानकारी दिए । एमालेले काभ्रेको साँगा देखि धुलिखेलसम्म स्वागतद्वार निर्माण गर्ने, झण्डा राख्ने लगायतका कार्यहरू सम्पन्न गरिसकेको नेता लामाले जानकारी दिए ।

जिल्ला अधिवेशनका लागि गठित उपसमितिहरूले आफ्ना जिम्मेवारीमा परेका कामहरू सबै सम्पन्न गरिसकेका छन् । एमाले काभ्रेले जिल्लाका १३ वटै स्थानीय तहबाट संख्या तोकेरै जनता उपस्थित गराउन निर्देशन दिएको छ । जिल्लाभर २२ हजारभन्दा बढी संगठित सदस्य रहेको एमालेले जिल्ला अधिवेशनमा ५० हजार जनता धुलिखेल उतार्ने बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्