धुलिखेलका होलटमा एमाले काभ्रेको अधिवेशनभर २५ प्रतिशत छुट



२१ पौष, काभ्रेपलाञ्चोक – आगामी वौष २३ गते हुने नेकपा एमाले काभ्रेको दशौं जिल्ला अधिवेशनका अवसरमा क्षेत्रीय होटल संघ काभ्रेले धुलिखेलका होटलहरूमा २५ प्रतिशत छुटको व्यवस्था गर्ने भएको छ । अधिवेशनको अवधीमा आन्तरिक पर्यटनलाई बृद्धि गर्ने धुलिखेलको थपप्रचार हुने र सौराहमा जस्तै उत्साह हुने भएकाले क्षेत्रीय संघले कोठा तथा खानेकुरामा २५ प्रतिशतको छुट दिन लागेको क्षेत्रीय होटल संघ धुलिखेलकी सचिव जोत्सना सैंजूले जानकारी दिनुभयो ।


सैजुले कोरोनाको कारणले थलिएको होटल व्यवसायलाई उकास्न धुलिखेलमा हुने एमालेको अधिवेशनले मद्दत मिल्ने आशा आफूहरुले लिएको बताउनुभयो । उहाँले ५० हजारको उपस्थितीमा धुलिखेलमा गरिने अधिवेशनमा आउने आन्तरिक पर्यटकलाई स्वागत गर्न आफूहरु तयारी अवस्थामा रहेको बताउँदै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो । क्षेत्रीय होटल व्यवसायी संघका अध्यक्ष प्रेमकण्ठ श्रेष्ठले आन्तरिक पर्यटकको स्वागत गर्न तयार रहेको बताउनुभयो । उहाँले यो आफूहरुले अवसर समेत भएको बताउँदै उहाँहरुलाई आकर्षक छुटको व्यवस्था गरेको भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्