सर्वोच्चको आदेश : नागरिकता अध्यादेश कार्यान्वयन नगर्नु



२७ जेठ, काठमाडौं – सरकारले जारी गरेको नागरिकता सम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको इजलासले अध्यादेश कार्यान्वयन नगराउन भनी परेको रिटमा सुनुवाई गर्दै अन्तरिम आदेश जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्