चीन र अमेरिकाबाट एक करोड डोज खोप खरिद गरिँदै



१४ जेठ, काठमाडौं – कोरोनाको महामारीबाट जनतालाई बचाउन सरकारले चिन, अमेरिका र भारतबाट १ करोड डोज भ्याक्सिन खरिद गर्ने प्रक्रिया अगाडी बढाएको छ ।

शुक्रबार परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले स्वास्थ्य पत्रकार मंचद्वारा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै सरकारले उक्त तयारी गरेको जानकारी दिएका हुन् । उनले एक हप्ताभित्र यसबारे टुंगो लगाउने जानकारी दिए । सरकार चीन र अमेरिकाबाट खोप खरिदका लागि केन्द्रित भएको मन्त्री ज्ञवालीले बताए ।

सरकारले चीनको सिनोफार्मसँग पहिलो चरणमा ५० लाख र अमेरिकी खोप उत्पादन कम्पनी जोन्सन एन्ड जोन्सन कम्पनीबाट ५० लाख डोज खोप खरिद प्रक्रिया अघि बढाएको जानकारी समेत मन्त्री ज्ञवालीले दिए ।

यसैगरी सरकारले भारतबाट १७ लाख डोज खोप माग गरिएको उच्च तहमा कुरा गरिएको मन्त्री ज्ञवालीले जनाए । यदि भारतबाट खोप नआउने परिस्थितीमा जर्मनी, बेलायत र अमेरिकासँग पत्राचार भएको जानकारी पनि उनले दिए ।

प्रतिक्रिया दिनुहोस्