एमालेका नेता थापा गृहमन्त्रीमा नियुक्त, आजै सपथ ग्रहण



५ वैशाख, काठमाडौं – राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएसँगै गृहमन्त्रीबाट समेत पदमुक्त भएका रामबहादुर थापा बादललाई प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्रीमै पुनःनियुक्ति गरेका छन् ।

पुनः गृहमन्त्रीमा नियुक्त भएका बादलको आजै साँझ ५ बजे राष्ट्रपति भवनमा सपथग्रहण हुने भएको छ । सपथग्रहणको समय तय भइसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेका छन् ।

थापा एकीकृत नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए । माओवादी छाडी एमालेमा समाहित भएका नेता बादलको राष्ट्रियसभा सदस्य पद आज विहान रिक्त भएको राष्ट्रियसभा संसद सचिवालयले सूचनामार्फत जानकारी गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्