एमाले प्रवेश गरेका ४ मन्त्रीको सांसद पद खारेज भएको संसदलाई जानकारी



२६ चैत, काठमाडौं – नेकपा एमालेमा प्रवेश गरेका चार जना मन्त्री सांसद पदबाट हटाइएका छन् । पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्री सांसद पदबाट पदमुक्त भएका छन् ।

सभामुख अग्नीप्रसाद सापकोटाले अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली ४ का लेखराज भट्ट, रौतहट ३ का प्रभु साह र कैलाली ३ का गौरीशंकर चौधरीले पार्टी परित्याग गरेको जानकारी संसदलाई दिएका दिए । प्रतिनिधिसभाको बिहीबार बोलाइएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको जानकारी गराएका हुन् ।

माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद सचिवालयलाई पत्र पठाएर एमाले प्रवेश गरेकाले कारवाही गरिएको पत्र संसद सचिवालयमा पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्