माधव नेपाल छाडेर केपी ओलीतिर लागे भक्तपुरका सोम मिश्र



२६ चैत, काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य तथा चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्र प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको समूहमा लागेका छन् । माधव नेपाल समूहबाट गत अधिवेशनमा केन्द्रीय सदस्य जितेका मिश्रले माधव नेपाल पक्षको समानान्तर कमिटीमा बस्न अस्वीकार गरेका हुन् ।

पछिल्लो समय पार्टीमा माधव पक्षमा उभिँदै आएका मिश्रलाई नेपाल पक्षले वागमती प्रदेश कमिटी तथा भक्तपुर जिल्ला इन्चार्ज बनाएको थियो । मिश्रले महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री तथा संगठन विभाग प्रमुख बिष्णु पौडेल र केन्द्रीय सदस्य महेश बस्नेत लगायतका नेताहरुसँग छलफलपछि समानान्तर कमिटी बनाउने माधव नेपाल पक्षको साथ छाड्ने निर्णय गरेका हुन् ।

मिश्रले आफू समानान्तर कमिटीहरु गठन गरेर पार्टी विभाजनको पक्षमा उभिन नसकेको प्रतिक्रिया दिए । मिश्र पार्टी एकीकरणअघि पनि तत्कालीन एमालेको भक्तपुर जिल्ला इन्चार्ज थिए ।

प्रतिक्रिया दिनुहोस्