कर्णाली प्रदेशका तीन मन्त्रीद्वारा राजिनामा दिने तयारी



२३ चैत, काठमाडौं – नेकपा एमालेबाट कर्णाली प्रदेश सरकारमा सहभागि तीन मन्त्रीले राजिनामा दिने तयारी गरेका छन् । नेकपा माओवादी केन्द्रका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वको सरकारमा रहेका नेकपा एमालेतर्फका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा संयुक्त राजीनामा दिने तयारीमा छन् ।

नेकपा एमालेको हिजो बसेको प्रदेश संसदीय दलको बैठकमा सामाजिक विकास मन्त्री दल रावलले राजिनामा दिने प्रस्ताव राखेका थिए । सोही अनुरुप राजिनामा दिने तयारी भएको हो । आइतबार बसेको दलको बैठकले नेकपा एमालेलाई एक ढिक्का बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै प्रदेशमा एमालेको नेतृत्वमा सरकार बनाउन आवश्यक कदम चालिएको रावलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्