सुदुरपश्चिममा तीन जनामा देखियो नयाँ खालको कोरोना



तीब्र गतिमा फैलने सम्भावना बढ्दै

२३ चैत, काठमाडौं – सुदूरपश्चिम प्रदेशमा नयाँ प्रकारको कोरोना संक्रम भएको पुष्टि भएको छ । केही दिन अघी भारतबाट नेपाल आएका तीन जना पुरुष व्यक्तिहरुमा नयाँ खालको कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा कञ्चनपुरका २२ वर्षीय, डडेल्धुराका ३१ वर्षीय र डोटीका ३० वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरूमा फरक प्रकारको कोरोना देखिएको थियो । यस प्रकारको कोरोना तीव्र गतिमा फैलने समेत स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतबाट एक महिनामा कैलालीको गौरिफन्टा नाकाबाट करिब १० हजार व्यक्ति नेपाल आएका छन् । ती मध्ये करिब ३ हजार ५ सयको मात्रै एन्टिजेन परीक्षण गरिएको छ । परीक्षणको दायरा कम हुँदा पनि संक्रमण फैलन सक्ने जोखिम बढेको हो ।

प्रतिक्रिया दिनुहोस्