प्रदेशसभा सदस्य टंक आङबुहाङको पद रिक्त गराउन माओवादी केन्द्रको पत्राचार



२३ चैत, काठमाडौं– नेकपा एमालेमा प्रवेश गरेका माओवादी केन्द्रतर्फका प्रदेशसभा सदस्य टंक आङबुहाङको पद रिक्त गराउन नेकपा माओवादी केन्द्रले पत्राचार गरेको छ । माओवादी केन्द्रले प्रदेश १ का अर्थमन्त्री समेत रहेका टंक आङबुहाङले दल त्याग गरेको सूचना प्रदेशासभा सचिवालयलाई दिएर प्रदेश सांसदको पद रिक्त गराउने भएको हो ।

आङ्बुहाङ माओवादी केन्द्रबाट निर्वाचित ताप्लेजुङका प्रदेशसभा सदस्य हुन् । उनि नेकपा एकता प्रक्रिया खारेज भएपछि एमालेमा प्रवेश गरेर अर्थमन्त्री बनेका छन् । हाल उनि नेकपा एमालेको केन्द्रीय सदस्य पनि हुन् ।

आङ्बुहाङले नेकपा विभाजनकै बेला उनले प्रचण्डको साथ छाडेर केपी ओली पक्षमा लागेका थिए । यसअघि आङ्बुहाङलाई माओवादी केन्द्रले स्पष्टिकरण सोधेको थियो ।

प्रतिक्रिया दिनुहोस्