नेपाल पक्षको स्थायी कमिटी बैठक : संगठनको नयाँ ढाँचा निर्माण गर्ने



२० चैत, काठमाडौं – पार्टीमा आन्तरिक विवाद बढेसँगै समानान्तर गतिविधि सुरु गरेको नेकपा एमालेको माधव नेपाल पक्षको स्थायी कमिटी बैठक भोली पनि बस्ने भएको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले पार्टी संगठनको ढाँचा परिवर्तन गर्ने निर्णय गरेपछि भोली बस्ने बैठकले उक्त ढाँचालाई अन्तिम रुप दिने निर्णय गरेको हो ।

बैठकपछि निर्णय सार्वजनिक गर्दै सो समूहपक्षका नेता योगेश भट्टराईले भोलि बस्ने स्थायी कमिटी बैठकले संगठनको नयाँ ढाँचालाई अन्तिम रुप दिने जानकारी दिए । बैठकले केही दिनअघि उक्त पक्षले गरेको राष्ट्रिय भेलामा आएका सुझावसहितको प्रतिवेदनलाई भोलि नै अन्तिम रुप दिने पनि निर्णय गरेको छ । उक्त प्रतिवेदन प्रकाशित गरी देशभरका कार्यकर्तामाझ पुर्याउने तयारी भएको भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्