चलचित्र ‘प्रेमगन्ज’ मा मुख्यकलाकार छनौट



चलचित्र चौतारीको ब्यानरमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘प्रेमगञ्ज’ को लागि मुख्य कलाकार छनौट भएका छन् । यस अघि अडिसनमार्फत केही कलाकारहरु छनौट भएका थिए ।
चलचित्रमा नयाक तेज गिरी र नायिकामा बेनिशा हमाल छनौट भएको बताईएको छ ।

मुक्तिनाथ विकास बैंकका जागिरे तेजले यही फिल्मबाट मुख्य अभिनेतामा डेब्यु गर्न लागेका हुन् । बेनिशा विगत १ दशक देखि नेपाली चलचित्रजगतमा कार्य गर्दै आएकी कलाकार हुन । उनले ‘ब्लाइन्ड रक्स’ बाट राष्ट्रिय पुरस्कार जितेकी थिइन् ।

यस चलचित्र त्रिकोणात्मक विशुद्ध प्रेम कथामा आधारित रहेको निर्देशक परिच्छेद सेनले जानकारी दिए । सेन विगत १५ बर्ष देखि नेपाली चलचित्र जगतमा सक्रिय रुपमाकार्य गर्दै आएका निर्देशक हुन । उनको निर्देशनमा बनेका यस अघिका चलचित्रले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय अर्वाडहरु हासिल गर्न सफल भएका छन् ।

यस अघि नै चलचित्रका लागि सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का र आयुषी ढकाललाई अडिसनबाट छानिसकिएको छ । यस चलचित्रमा अन्यकलाकार शिशिर राणा, रश्मी भट्ट, पबन भट्टराई, सन्जोग रसाइली लगाएतको अभिनय रहने छ भने सञ्जय लामाले छायांकन गर्ने भएका छन् ।

बिगत २५ बर्ष देखि नेपाली चलचित्रजगतमा स्पोट ब्वाईको रुपमा काम गर्दै आएका राजु फुयाँल निर्माता रहेको यो चलचित्रका कार्यकारी निर्मातामा अनन्तमान श्रेष्ठ रहेका छन् । यो चलचित्र अब छिट्टै छायांकनमा जाने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्