समानान्तर कमिटि गठनबारे माधव समूहको युवा संघले दियो ओलीलाई जानकारी



२० चैत, काठमाडौं – युवा संघको समानान्तर कमिटि गठन गरेको जानकारी नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइएको छ ।

एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहले युवा संघ नेपालले नेतृत्व परिवर्तन सम्बन्धी जानकारी ओलीलाई दिएको हो । समूहले चैत्र ७ गते राष्ट्रिय भेला गरेर नरेश शाहीको अध्यक्षतामा समानान्तर कमिटी बनाएको थियो ।

संघका महासचिव दीपक जीएमले पत्र लेखेर अदालतको फैसलाअनुसार, पुनर्स्थापित युवा संघले नेतृत्व परिवर्तन गरेको जानकारी दिएका हुन् । युवा संघको विधान, झण्डा, लोगो र छाप प्रयोग गर्ने अधिकार पनि आफूहरुसँग मात्रै भएको दावी पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्