नेपाल प्रहरीलाई सामुदायिक साकोसले दियो फ्लोरेन्स ज्याकेट



४ फागुन, काभ्रेपलाञ्चोक – सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. ले जिल्ला प्रहरी कार्यालय काभ्रेलाई १०० थान फ्लोरेन्स ज्याकेट उपलब्ध गराएको छ । आज एक समारोहका विच संस्थाका अध्यक्ष प्रकाश बन्जाराले प्रहरी उपरीक्षक भूपेन्द्र बहादुर खत्रीलाई उक्त ज्याकेट हस्तान्तरण गर्नुभएको हो ।


हस्तान्तरण कार्यक्रममा प्रहरी उपरीक्षक भूपेन्द्र बहादुर खत्रीले समुदायिक साकोसले समुदाय प्रति चासो देखाउँदै जिल्ला प्रहरी कार्यालय, धुलिखेल प्रति देखाएको सद्भाव र सहकार्यता प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै अरु स्थानीय संघ संस्थाहरुलाई पनि सामुदायिक साकोसले जस्तै सामाजिक कार्यमा अग्रसर रहन अनुरोध गर्नुभयो ।

फ्लोरेन्स ज्याकेटहस्तान्तरण गर्दै संस्थाका अध्यक्ष प्रकाश बन्जाराले सामुदायिक साकोस सामाजिक क्रियाकलापमा सदैब अग्रसर रहेको र पनौती बसपार्कमा लायन्स प्रहरी बिट निर्माण देखि फ्लोरेन्स ज्याकेट समेतमा सामुदायिक साकोसको सहभागीता रहेको जानकारी गराउँदै संस्थाले समुदायमा पारेको प्रभाव र संस्थाको विगत देखि बर्तमानसम्मको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयको तर्फबाट प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापा, प्रहरी निरिक्षक सुरेश खत्री र सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. को तर्फबाट लेखा सुपरिवेक्षण समितिका संयोजक हरिप्रसाद तिमल्सिना, कोषाध्यक्ष प्रताप ताम्राकार, प्रमुख कार्यकारी अधिकृत मदन बस्नेत र सदस्य राधेश्याम सापकोटाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्