काभ्रेमा एकैदिन थपिए ९० जना संक्रमित



१७ कात्तिक, काभ्रेपलाञ्चोक – काभ्रे जिल्लामा गत २४ घण्टामा ९० जना कोरोना संक्रमित थपिएका छन् ।

गत २४ घण्टामा काभ्रेको बनेपा नगरपालिकामा १४ जना महिला र २० जना पुरुष गरी ३४ जना, धुलिखेल नगरपालिकामा १९ जना महिला र १८ जना पुरुष गरी ३७ जना, पाँचखाल नगरपालिकामा ३ जना महिला र १ जना पुरुष गरी ४ जना, मण्डनदेउपुर नगरपालिकामा ३ महिला र २ पुरुष गरी ५ जना, नमोबुद्ध नगरपालिकाबाट १ महिला र १ पुरुष गरी २ जना, बेथानचोक गाउँपालिकाबाट २ जना पुरुष, पनौती नगरपालिकाबाट ४ महिला र ४ पुरुष गरी ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । संक्रमितहरुमा प्रमुख जिल्ला अधिकारी देखी गाउँपालिका अध्यक्षसम्म रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्