ट्राफिक प्रहरीको कडा नियम फितलो कार्यान्वयन



बसमा सिट क्षमताभन्दा बढी यात्रु बेकेर डब्बल भाडा

२६ असोज, काठमाडौं – कोभिड–१९ को संक्रमणका कारण बन्द रहेको सार्वजनिक बस सेवा लामो समय बन्द भयो । पछिल्लो समय बस सेवा सत्तचालनमा ल्याउन दुई सिट बराबर एक यात्रु राख्ने र डबल भाडा लिने व्यवस्था सहित बस सेवा सञ्चालन गरेको भएपनि बस सञ्चालकले उक्त नियमको पालना भने गरेको पाइएको छैन ।

उपत्यक र बाहिरका जिल्लाहरूमा बसमा यात्रु सिटफुल भन्दा बढी राखेर पनि भाडा भने डबल लिने गरिएको पाइएको छ । तर पहिले लागु गरेको नियम पालना नगरेका बसहरूलाई कारवाहीको दायरामा ल्याउनु त कता हो कता ट्राफिक प्रहरीले चाडपर्वको अवसर छोपेर बढी भाडा असुल्नेलाई ठगीमा मुद्दा चलाउने भएको उद्घोष भने गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वका लागि तयार पारेको सुरक्षा रणनीतिमा बढी भाडा लिनेलाई कारबाही गरिने बताएको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले चोक९चोकमा सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गरेर गाडीमाथि निगरानी बढाइने बताए । ‘कोभिड–१९ को सङ्क्रमण बढेसँगै बसको सिट क्षमताको आधाभन्दा बढी यात्रु बोके ट्राफिक प्रहरीले कारबाही गर्छ’, उनले भने ।

यसवर्ष उपत्यकाका १४ ठाउँमा नागरिक सहायता कक्ष राख्ने महाशाखाले जनाएको छ । यस्तै टिकट काउन्टरका कर्मचारीले अनिवार्य रुपमा परिचयपत्र भिर्नुपर्ने र राजमार्गमा चालकको मादक पदार्थ सेवन ९मापसे० परीक्षण हुने महाशाखा प्रमुख ढकालले बताए ।

लामो दूरीका सार्वजनिक यातायातमा दुई चालक अनिवार्य नराखे कारबाही गरीने भएको छ । यस्तै, यौनजन्य अपराध नियन्त्रण गर्न सेफ्टी पिन अभियान सञ्चालन गरिने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्