काभ्रेमा काेराेनाका कारण थप एककाे मृत्यु, संक्रमित एकहजार नाघे



२५ भदाै, काभ्रेपलान्चोक – काभ्रेपलान्चोक जिल्लामा आज काेराेना संक्रमणबाट एक जनाकाे मृत्यु भएकाे छ । धुलिखेल नगरपालिका वडा नं ११ का ५० वर्षिय पुरुषकाे धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे हाे । याे सँगै काभ्रेमा संक्रमणबाट मृत्यु हुनेकाे संख्या १४ पुगेकाे छ । मृतकमध्ये ९ जना काभ्रे र पाँच जना अन्य जिल्लाका छन् ।

काभ्रेमा आज मात्र ४३ जना काेराेना संक्रमित थपिएका छन् । याे संगै हालसम्म संक्रमितकाे संख्या १ हजार १ जना पुगेकाेे छ । जसमध्येे ५ सय ९३ जनालाई निकाे भएकाे छ भने ३ सय ९९ जना उपचारका क्रममा रहेका छन् । सक्रिय संक्रमित मध्ये १ सय १० जना अस्पतालमा र २ सय ८९ जना हामआईसाेलेसनमा उपचारका क्रममा रहेकाे जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्