कोरोना संक्रमितले भरिँदै काठमाडौं उपत्यका



उपत्यकाभित्र २४ घण्टामा २५ सय ४० जनामा संक्रमण पुष्टि

२२ असोज, काठमाडौं – काठमाडौं उपत्यकामा गत २४ घण्टामा २ हजार ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरीबाट २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएकोमा आधा भन्दा बढी उपत्यकामा संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

हालसम्म नेपालमा कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । उनीहरुमध्ये ५९० जनाको मृत्यु भएको छ भने ७१ हजार ३४३ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्