काभ्रेमा एकैदिन थपिए पचास संक्रमित



सक्रिय संक्रमित तीन सय भन्दा बढी

२१ असाेज, काभ्रेपलान्चोक- काभ्रे जिल्लामा बुधबार एकैदिन पचास जनामा काेभिड-१९ संक्रमण पुष्टि भएकाे छ । आज धुलिखेल नगरपालिकाका छ जना महिला र बाह्र जना पुरुष, पनाैती नगरपालिकाका २ जना महिला र २ जना पुरुष, पाँचखाल नगरपालिकाका १ जना महिला र ३ जना पुरुष, मण्डनदेेउपुर नगरपालिकाका १ जना महिला र २ जना पुरुष, नमाेबुध्द नगरपालिकाका ३ जना पुरुष, राेशी गाउँँपालिकाका ३ जना पुरुष र एक जना महिला बनेपा नगरपालिकाका ७ जना महिला र ७ जना पुरुष गरि ५० जना संक्रमित थपिएका हुन् ।

काभ्रे जिल्लामा ३ सय ३४ सक्रिय संक्रमित रहेका छन् । काभ्रे जिल्लामा हालसम्म ८ सय ७४ जनामा संक्रमण भएकाेमा ५ सय ३२ जनालाई निकाे भएकाे छ भने ८ जना संक्रमितकाे मृत्यु भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्