जग्गा बिवादमा साक्षी बसेकाे भन्दै धारिलाे हतियार प्रहार



१० असोज, रौतहट – जग्गा बिवादमा साक्षी बसेकाे भन्दै एक दम्पत्तीमाथि धारिलाे हतियार प्रहार गरिएकाे छ । रौतहटको देवाही गोनाही नगरपालिका-५ टिकुलियाका महेश तिवारी र उनकी पत्नी जगरामी देवीमाथि आक्रमण भएको हाे । उक्त आक्रमणबाट महिलाको मृत्यु भएको छ भने महिलाका श्रीमान गम्भीर घाईते भएका छन् ।

चार जनाको समूहले धारिलो हतियारले प्रहार गर्दा घाइते भएका तिवारी दम्पतीलाई उपचारको लागी वीरगञ्ज लगिएको थियो । जगरामीको मृत्यु भएको छ भने महेशको अवस्था गम्भीर छ । जग्गा विवादका कारण परेको मुद्दामा साक्षी बसेका महेश तिवारीलाई शुक्रबार साँझ देवाही गोनाही-५ का सोनालाल मुखिया, प्रजित मुखिया र बलिराम मुखिया सहित चार जना मिलेर दम्पतीलाई आक्रमण गरेका थिए ।

उनीहरुले जग्गा विवादमा साक्षी बसेको भन्दै तिवारी दम्पतीमाथि आक्रमण भएको प्रहरीको प्रारम्भीक अनुमान छ । तीनै जना पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्