आज पनि मिलेन ओली र दाहालको कुरा



निरन्तर छलफलमा रहने सहमती

२१ असार, काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद समाधानका लागि प्रधानमन्त्री एवं अध्यक्ष ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविच भएको छलफल निष्कर्षविहिन भएको छ ।

आजको बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री एवम् स्थायी समिति सदस्य शंकर पोखरेल, उर्जामन्त्री वर्षमान पुन र अर्का स्थायी समिति सदस्य जनार्दन शर्मा सहभागी थिए । बैठकमा अध्यक्षद्धय ओली र दाहाल पार्टीको विवाद अन्त्य गर्ने विषयमा सकारात्मक भएका छन् । आइतबार बालुवाटारमा भएको छलफलमा सहमतिका लागि थप छलफल गर्ने सहमति भएको स्रोतले जनाएको छ ।

उनीहरुबीचको भेट सकारात्मक भएको जनाइएको छ । विवाद अन्त्यका लागि भोलि थप छलफल गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्