उपत्यकामा बढ्दै कोरोना संक्रमण



नेपालमा आज थपिए २ सय ९३ जना संक्रमित थपिए


२१ असार, काठमाडौं– पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । नेपालमा आइतबार थप २ सय ९३ जना मध्ये ३० जना उपत्यका भित्रका रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार काठमाडौंका २७ जना, ललितपुरका २ जना र भक्तपुरका १ जनामा कोरोना संक्रमण देखिएको हो ।

हालसम्म देशभर संक्रमितको संख्या १५ हजार ७ सय ८४ जना पुगेका छन् भने आज १ सय ३२ जना उपचारपछि घर फर्केका छन् । यो सँगै ६ हजार ५ सय ४७ जना उपचारपछि निको भएका मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २५ प्रयोगशालामा ४ हजार ७ सय १० पीसीआर परीक्षण गरिएको छ । हालसम्म कोरोनाका कारण ३४ जनाको मृत्यु पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्