आज कोरोना संक्रमित हुने भन्दा निको हुने बढी



कोरोनालाई जितेर आज २ सय ७२ जना घर फर्किए, संक्रमण पुष्टि हुनेको संख्या २ सय ३२ जना

२० असार, काठमाडौं– शनिबार कोरोना संक्रमण मुक्त भएर २ सय ७२ जना घर फर्किएका छन् । यो संख्या शनिबार संक्रमित हुने भन्दा ४० ले बढी हो । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गत २४ घण्टामा भएको परीक्षणमा २ सय ३२ जना थप संक्रमित फेला परेको बनाउनुभएको छ ।

देशभरका प्रयोगशालाहरुमा ४ हजार ५० नमुना परीक्षण गर्दा २ सय ३२ जनामा संक्रमण पोजेटिभ आएको हो । यसैगरी आल सम्म मृत्यु हुनेको संख्या ३४ पुगेको छ । नेपालमा हालसम्म नेपालमा कुल संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ भने ६ हजार ४ सय १५ जना निको भएर घर फर्केका छन् । प्रवक्ता गौतमका अनुसार हाल क्वारेन्टाइनमा ३३ हजार एक सय २५ रहेका छन् भने आइसोलेसनमा ९ हजार ४२ जनाको उपचार भइराखेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट दुई लाख ४२ हजार दुई सय ४७ र आरडीटी विधिबाट तीन लाख १० हजार तीन सय जनाको नमूना परीक्षण भएको छ ।

प्रतिक्रिया दिनुहोस्