फेसबुकमा लाइभ गर्दै युवतीले गरिन् आत्महत्या



१८ असार, दाङ – सामाजिक सञ्जाल फेसबुकमा लाइभ गर्दै दाङकी एक युवतीले आत्महत्या गरेकी छन् । दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ रानीजरुवा निवासी २२ वर्षीया एसिला गौतमले आज बिहान घरकै कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

गौतमले फेसबुकमा लाइभ गरेर घाँटीमा पासो लगाउँदा फेसबुकमा कमेन्ट गर्नेहरुले त्यसरी गलत बाटो नअपनाउन सुझाव दिएका थिए । घटना घट्नु अघि नै प्रहरीले जानकारी पाएपछि घर पत्ता लगाउन नसक्दा उक्त अप्रिय घटना घटेको प्रहरीको भनाई छ । घटना हुन लागेको सूचना पाएलगत्तै तुलसीपुरबाट इन्सपेक्टर झलकप्रसाद शर्माको कमाण्डमा प्रहरी टोली रानीजरुवा प्रस्थान गरेको थियो । तर, घर पत्ता लगाउन नसक्दा बिहीबार बिहान ३ः३० बजेमात्र प्रहरीको टोली युवतीको घरमा पुगेको थियो । कोठाभित्र युवती सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

ती युवतीले आत्महत्या गर्नुको कारण नखुलेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्