काठमाडौंमा भेटिए थप १२ जना कोरोना संक्रमित



मंगलबार थपिए ३१६ जना संक्रमित

१६ असार, काठमाडौं – दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएका बेला मंगलबार काठमाडौं जिल्लामा १२ जना सहित देशभर ३ सय १६ जना संक्रमित थपिएका छन् ।

नियमित पत्रकार सम्मेलनका क्रममा आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं जिल्लामा १२ जना स‌ंक्रमित भेटिएको जानकारी दिएका हुन् ।

आज काठमाडौं जिल्लामा ५ महिला र ७ जना पुरुष, ललितपुरमा एक पुरुष र भक्तपुरमा एक महिलामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ भने हालसम्म २९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्