मौसम पूर्वानुमान : हावाहुरी चट्याङ सहित वर्षाको सम्भावना



काठमाडौं –जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न भू–भागमा हुरीबताससहित वर्षा हुने पूर्वानुमान गरेको छ । महाशाखाले शुक्रबारसम्मको पूर्वानुमान गर्दै जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज, भोली र पर्सी (शुक्रबार) सम्म नै हावाहुरीसहित वर्षाको पूर्वानुमान गरेको छ ।

साथै पूर्वी भू-भाग र मध्य तथा पश्चिम पहाडी भू-भागमा  मेघगर्जन/चट्याङ/हावाहुरी   सहित  वर्षाको  सम्भावना रहेकोले  नेपालको पश्चिमी तराइका जिल्लाहरुमा तापक्रम बृद्धि हुनसक्ने औलाउदै आवश्यक सतर्कता अपनाउन हुन समेत अनुरोध  गरेको छ ।

जेठ १४ गते (बुधबार) दिउँसोः देशको  पूर्वी भू-भाग तथा  मध्य पहाडी भू-भागहरुमा  सामान्य बदली र पश्चिमी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पूर्वी भू-भाग तथा मध्य पहाडी भू भागका केही स्थानहरुमा साथै पश्चिमी पहाडी भू-भागका मध्यान्नपछि थोरै  स्थानहरुमा  मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशको  पूर्वी र  मध्य भू-भागहरुमा  सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। पूर्वी तथा मध्य भू-भागका केही स्थानहरुका साथै पश्चिमी  भू-भागका  एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

 जेठ १५ गते (बिहिबार)  दिउँसोः देशको  पश्चिमी  भू-भाग लगायत मध्य र पूर्वी  पहाडी भू-भागहरुमा  सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पश्चिमी भू-भागका केहि स्थानहरुमा साथै मध्य तथा पूर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशको मध्य र पूर्वी  भू-भाग लगायत पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य भू-भागका केही स्थानहरुका साथै पुर्वी तथा पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

जेठ १६ गते (शुक्रबार) दिउँसोः देशको  पहाडी भू-भागहरुमा  सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पुर्व र पश्चिमी भू-भागका केहि स्थानहरु तथा मध्य पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशको मध्य भू-भाग तथा पश्चिम र पूर्वी पहाडी  भू-भागमा सामान्य बदली रहि अन्य भू-भागमा आंशिक बदली रहनेछ। मध्य र पश्चिमी भू-भागका केही स्थानहरु र पुर्वी पहाडी भू-भागका एक/दुई स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्