चालु आर्थिक वर्ष: आर्थिक वृद्धिदर २.३ प्रतिशत मात्रै !



काठमाडौं – चालु आर्थिक वर्षको आर्थिक वृ्द्धिदर २.३ प्रतिशतमा खुम्चिने भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन २०७६/७७ सार्वजनिक गर्दै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा झर्ने बताएका हुन् ।  यसअघि वैशाख १७ मा केन्द्रिय तथ्यांक विभागले भने यो वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशतमा झर्ने अनुमान गरेको थियो ।

सरकारले चालु आर्थिक वर्षको बजेटले आर्थिक वृद्धिदर ८।५ प्रतिशतको लक्ष्य राखेको थियो । तर गत फागुनपछि सुरु भएको कोरोना भाइरसको संक्रमणका कारण अर्थतन्त्रमा परेको प्रभावका कारण अर्थतन्त्रको वृद्धिदर नराम्रोसँग खुम्चिएको अर्थमन्त्री खतिवडाले जनाएका छन् ।

गत आर्थिक वर्ष २०७५/७६ मा नेपालको ६.७५ प्रतिशत आर्थिक वृद्धि भएको थियो । कोरोनाले खासगरी सेवा क्षेत्रको वृद्धिदरलाई नराम्रोसँग प्रभावित बनाएका कारण आर्थिक वृ्द्धिदर यसरी खुम्चिने अवस्थामा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्