कोरोनाबाट मृत्यु भएकी महिलाको शिशु र आफन्तहरु डिस्चार्ज



९ जेठ, काठमाडौँ – नेपालमै पहिलोपटक कोरोनाबाट मृत्यु भएकी महिलाको शिशु र आफन्तहरु आज अस्पतालबाट डिस्चार्ज भएका छन् ।

धुलिखेल अस्पतालमा उपचारका लागि ल्याईएकी सुत्करी महिलाकाे मृत्यु भएपछि उनिसँग आएका आफन्त र ११ दिने शिशुसमेतलाई गत जेठ ४ गते आइसोलेसनमा राखिएकाेे थियाे । अस्पतालमा रहेका मृतक महिलाकी आमा, श्रीमान र शिशुको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार डिस्चार्ज गरिएको धुलिखेल अस्पतालले जनाएकाे छ ।

अस्पतालले मृतकसँग अस्पताल आएका आफन्त र शिशुकाे पिसिआर परीक्षण रिपाेर्ट निगेेेेेटिभ आएकाे र उनिहरुलाई सम्बन्धित जिल्लामा क्वारेनटाईनमा राख्न र सात दिनपछि सबैकाे आरडिटी परीक्षण गरेर मात्र घर पठाउन सुझाव दिएकाे छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरीको कोरोनाले पहिलो मृत्यु भएको थियाे । उनी वैशाख २४ गते नर्मल डेलिभरीपछि २५ गते डिस्चार्ज भएर घर गएकी थिइन् ।

उनको आरडीटी र पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्