आरडीटी किटकाे मूल्यमा २० प्रतिशत नाफा लिएर जाँच गर्न निजि अस्पताललाई अनुमति



आरडिटि पाेजेटिभ आए पीसिआर परीक्षणका लागि सिफारिस गर्नुपर्ने

७ जेठ, काठमाडौं – सरकारले निजी अस्पतालले शुल्क लिएर कोरोनाको आरडीटी विधिमार्फत परीक्षण गर्न अनुमती दिएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी निर्देशिका जारी गर्दै निजि अस्पतालले आरडीटी किटकाे मूल्यमा २० प्रतिशत नाफा लिएर परीक्षण गर्न पाउने व्यवस्था गरेकाेे हाे ।

परीक्षणको लागि काठमाडौं उपत्यकाका अस्पतालले स्वास्थ्य सेवा विभागबाट र बाहिरका अस्पतालले प्रदेश स्वास्थ्य निर्देशनालयबाट अनुमति लिनुपर्ने निर्देशिकामा उल्लेख छ।

निजी अस्पतालले २० प्रतिशत नाफा लिएर आरडीटी परीक्षण गर्न पाउने छन। आरडीटीमा पोजेटिभ देखियो भने पीसीआर परीक्षणको लागि सिफारिस गर्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्