ओली सरकारले आम नेपालीलाई गर्वको अनुभुति दिलायाे : काँग्रेस नेता भण्डारी



६ जेठ, काठमाडौं – नेपाली कांग्रेस नेता चन्द्र भण्डारीले मन्त्रिपरिषदले नक्सा पारित गरेलगत्तै प्रतिक्रिया दिँदै काँग्रेस नेता भण्डारीले ओली सरकारले आम नेपालीलाई गर्वको अनुभुति दिलाएको बताएका हुन् ।

भारतबाट अतिक्रमित लिम्पियाधुरासहितको भूमि समेटेर नेपालको नक्सा जारी गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति गर्व व्यक्त गरेका छन् ।

‘सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानीसहित समेटेर नेपालको नक्सा पारित गरेको छ भन्ने समाचारले हर्षित बनाएको छ । देशको हितमा बोल्दा बिपी कोइरालाको सरकार अपदस्त भयो । कृष्णप्रसाद भठ्टराई आश्रममा बस्न पर्यो । राष्ट्रवादी बन्न कति कठीन छ यो दैशमा । मैले पनि अनुभूति गरेको छु । पहिलो पटक मेरो उमेरमा गर्वको अनुभूति भएको छ । प्रधानमन्त्री केपी ओलीज्यू तपाई र मेरो सैद्धान्तिक धरातल फरक हो तर नेपाल आमा एउटै हुन । खुट्टा नकपाउनु होला, भष्ट्राचारीलाई पनि नछाड्नु होला’( भण्डारीले भनेका छन् । दैनिकनेपालमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्