काभ्रेमा विदेशबाट आएका दुई जनामा काेराेना संक्रमण



२ वैशाख काभ्रेपलान्चोक – काेराेना भाईरसकाे द्रुत परीक्षण (आरडीटी) का क्रममा काभ्रेमा दुई जनामा संक्रमणको नतिजा पाेजेटिभ देखिएकाे छ ।

परीक्षणका क्रममा काभ्रेकाे मण्डनदेउपुर वडा नं ३ र बेथान्चाेक गाउँपालिका वडा नं ५ का दुई युवामा काेराेना देखिएकाे हाे । मण्डनदेउपुरका युवा चैत्र ७ गते दुबईबाट आएर २२ दिनक्वारेन्टाईनमा राखेर घर पठाईएको थियो ।

यस्तै बेथानचोकका युवा चैत्र ९ गते भारतबाट नेपाल आएका थिए । उनलाई धुलिखेल अस्पतालमा थप परिक्षणका लागि ल्याईएको छ ।

प्रतिक्रिया दिनुहोस्