अज्ञात समुहद्वारा प्रहरी चाैकी आक्रमण, दुई प्रहरी घाईते



२५ माघ, सिन्धुपाल्चाेक- सिन्धुपाल्चोककाे मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सिमा खाल्डेमा रहेकाे प्रहरी चौकिमा गए राति अज्ञात समुहले आक्रमण गरेका छन् ।

आक्रमणमा परि दुईजना प्रहरी घाईते भएका छन् । राति करिव १०, १२ वटा मोटरसाइकलमा आएको समुहले प्रहरी चौकिमा आक्रमण गरेकाे हाे । उक्त घटनामा गम्भिर घाइते भएका प्रहरी असही सन्तोष कुमार झाको थप उपचारको लागि काठमाडौं लगिएको छ भने प्रहरी हवल्दार हरी बहादुर मगरको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको इलाका प्रहरी कार्यलय मेलम्चीले जनाएकाे छ ।

प्रहरीले १ जना आक्रमणकारीलाई नियन्त्रणमा लिएकाे छ । घटना किन गरेको भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस्