स्थानीय तहमा बेथिति : २ लाख घुस लिँदालिँदै पक्राउ परे वडाध्यक्ष



३ पुस, काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ लाख रुपैयाँ घुससहित वडाध्यक्षलाई पक्राउ गरेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नवलपरासी रामग्राम नगरपालिका १८ का वडाध्यक्ष गोपाल डिस्वा मगरलाई रंगेहात पक्राउ गरेको हो ।

अध्यक्ष र लेखनदास रवीन्द्र यादवले कार्यालयबाट सिफारिस दिने भन्दै २ लाख घुस मागेका थिए । उनीहरुलाई स्थानीय होली चाइल्ड स्कुलबाट आयोगले पक्राउ गरेको हो । उनीहरुमाथि आयोगले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्