सिमामा १ सय १४ बिओपी थप्ने सरकारको निर्णय



३ पुस, काठमाडौं– सरकारले सिमा क्षेत्र सुरक्षाका लागि १ सय १४ बोर्डर आउट पोष्ट (बिओपी) थप गर्ने निर्णय गरेको छ । बिहीबारको नियमित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मंसिर ३० गतेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सुरक्षा पोष्ट थप्ने निर्णय भएको जानकारी गराउनुभएको हो ।

सरकारले दुई सचिवको सरुवा गरेको समेत सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अतिरिक्त समूहका सचिव बालकृष्ण घिमिरेको सुदूरपश्चिम सरुवा गरेको छ भने सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायणप्रसाद विडारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको हो ।

यस्तै, सरकारले सेनाका सहायक रथी निर्मलकुमार थापालाई उपरथी, महासेनानी नारायण सिलवाललाई सहायक रथी र प्रमुख सेनानीद्वय लव खत्री र रुपेन्द्र बुढाथोकीलाई महासेनानीमा बढुवा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्