उच्च अदालतको आदेश : महरालाई थुनामै राख्नु



३ पुस, काठमाडौँ– यौन हिंसाको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले थुनामा राख्न आदेश दिएको छ ।

महराले काठमाडौँ जिल्ला अदालतको थुनामा राख्ने आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदनका लागि निवेदनमाथि सुनुवाई गर्दै उच्च अदालतले उनलाई थुनामै राख्न आदेश दिएको हो । काठमाडौँ जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा राख्ने आदेशलाई नै उच्च अदालतले सदर गरेको हो ।

बिहीबार उच्च अदालत पाटनका मुख्यन्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले जिल्ला अदालत काठमाडौँकै आदेशलाई सदर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्