राष्ट्रिय योजना आयोग मार्फत काभ्रेमा ७ करोड १ लाख बजेट



१ पुस, काठमाडौं– काभ्रे जिल्लालाई राष्ट्रिय योजना आयोग मार्फत थप करोड १ लाख बजेट प्राप्त भएको छ । चालु आर्थिक बर्ष ७६र७७ मा स्थानीय तहमार्फत कार्यान्वयन गर्नेगरी उक्त बजेट प्राप्त भएको हो ।

आयोगमार्फत मण्डनदेउपुर नगरपालिकाको कुन्तावेशी– नयाँगाउँ – नगरकोट सडक कालोपत्रे गर्न ३ करोड २० लाख, पनौती नगरपालिकामा पुन्यमाता करिडोर बैकल्पिक सडकका लागि २ करोड, रोशी गाउँपालीकामा चौकीडाँडा–खहरेपागु सडकका लागि ८० लाख, नमोबुद्ध नगरपालिकाको वडा नं ३, ६ र ११ मा वडा कार्यालय भवन निर्माणका लागि ६८ लाख र बेथानचोक गाउँपालिकामा नाङ्गेचौर पर्यटन पूर्वाधारका लागि ३३ लाख रकम विनियोजन भएको हो ।

प्रतिक्रिया दिनुहोस्